८ बैशाख २०८१, शनिबार

भूमिहीन लाभग्राहीको पहिचान


Nepalpatra

२२ मङ्सिर, हेटौँडा । मकवानपुर जिल्लामा विसं २०७२ को महाभूकम्पबाट प्रभावित एक हजार ८८१ परिवार भूमिहीन रहेको पाइएको छ ।

भूकम्प पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना एकाइले भूकम्प गएको तीन वर्षपछि बल्ल भूमिहीन लाभग्राहीको पहिचान गरेको हो ।

एकाइका अध्यक्ष सोमराज तिमल्सिनाले हेटौँडा उपमहानगरपालिका, मनहरी, वाग्मती र बकैया गाउँपालिकामा गरी एक हजार ८८१ परिवार भूमिहीन रहेका जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडा उपमहानगरपालिकामा ५२७, बकैया गाउँपालिकामा ७९६, वाग्मती गाउँपालिकामा ३५ र मनहरी गाउँपालिकामा ५२३ जना भूमिहीन लाभग्राही रहेका छन् ।

पहिचान भएका ३३ हजार ९७४ घरधुरीमध्ये हालसम्म २६ हजार ३३२ ले मात्र पहिलो किस्ताको अनुदान सम्झौता गरेका छन् ।

जिल्लामा अझै पनि सात हजार ६४२ घरधुरीसँग अनुदान सम्झौता हुन सकेको छैन । पुनःनिर्माणअन्तर्गत निजी आवासतर्फ मङ्सिर महीनाको हालसम्म १११ घरधुरीको प्रथम किस्ताका लागि अनुदान सम्झौता भएको छ ।

त्यस्तै १७८ घरधुरीले दोस्रो किस्ता, २८० ले तेस्रो किस्ताका लागि निवेदन दिएका छन् । जिल्ला आयोजना एकाइ प्रमुख तिमल्सिनाले ऐलानी जग्गा भएका लाभग्राहीको सङ्ख्या धेरै भएकाले यसको समाधान खोजिनुपर्ने बताउनुभयो ।
–––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !