७ बैशाख २०८१, शुक्रबार

गरीबी र अशिक्षा नै मानव बेचबिखनका कारण : महान्यायधिवक्ता


Nepalpatra

२१ मड्सिर, काठमाडौँ । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले नेपालमा गरीबी, अज्ञानता तथा अशिक्षा नै मानव बेचबिखनको मुख्य कारणा भएको बताउनुभएको छ ।

माइती नेपालले आज यहाँ आयोजना गरेको लैड्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार ” भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रममा बोल्दै महान्यायधिवक्ता खरेलले मानव बेचबिखनको अन्त्य गराउन देशका सबै सरकारी वकिललाई कडाइकासाथ कानूनअनुसार कार्यान्वयनमा ल्याउन निर्देशन गरिएको जानकारी गराउनुभयो ।

उहाँले लोभ, लालच, धम्कीका कारण पीडितले अभियोग फिर्ता लिने गरेको दुःखेसो व्यक्तगर्दै मानव बेचबिखन सम्बन्धी परेका मुद्दामा अदालतले निरन्तर सुनुवाइ गर्नुपर्नेमा जोड दिनुभयो ।

अदालतले पटक÷पटक मानव बेचबिखन गर्ने व्यक्तिलाई उपस्थित गराउन पत्रचार गरे पनि प्रहरीले उपस्थित नगराउने गरेको बताउँदै त्यस प्रकारका गतिविधिलाई अन्त्य गराउन प्रहरी प्रशासनलाई कडाइका साथ अघि बढ्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा अधिवक्ता अनिता थापाले १४६ जना मानव बेचबिखनमा परेका व्यक्तिसँग सोध तथा अनुसन्धान गरिएको तथा २४ वटा सर्वोच्च अदालतका मुद्दालाई विश्लेषण गरी अध्ययन गरिएको जानकारी गराउनुभयो ।

उहाँले अध्ययनका क्रममा विशेषत अशिक्षा तथा रोजगारीको बहानामा मानव बेचबिखन हुने गरेको बताउनुभयो । माइती नेपालका कार्यबहाक अध्यक्ष विश्वराम खड्काले कानूनी हकअधिकारमा पीडित अनभिज्ञता हुनु बेचबिखनको मुख्य कारण भएको बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !