७ बैशाख २०८१, शुक्रबार

ओबामा र क्लिन्टन आइएसका संस्थापक : ट्रम्प


donald-trump

साउन २८ – अमेरिकामा आउँदो नोभेम्बरमा हुने चुनावका लागि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपति बाराक ओबामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको संस्थापक रहेको आरोप लगाउनुभएको छ । फ्लोरिडामा भएको चुनावी र्‍यालीमा ट्रम्पले ओबामा आइएसको संस्थापक रहेको र आइएसले उहाँलाई सम्मान गर्ने बताउनुभएको हो । ट्रम्पले डेकोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टन आइएसको सह–संस्थापक रहेको आरोप लगाउनुभएको बिबिसीले जनाएको छ ।

हिलारी क्लिन्टनले ट्रम्पले बकवास कुरा मात्रै गर्ने गरेको प्रतिक्रिया दिनुभएको छ । ट्रम्पले भने ओबामा र क्लिन्टर आइएसका सबैभन्दा महत्वपूर्ण खेलाडी रहेको आरोप लगाउनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !