११ बैशाख २०८१, मंगलबार

लायन्स क्लबद्वारा सरसफाई


lions

२७ कात्तिक, काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्ध तथा लियो क्लब अफ काठमाडौँ लर्ड बुद्धले रुद्रमति नदी वरिपरी सरसफाई गरेको छ । लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्धका अध्यक्ष बिष्णु भण्डारीको संयोजकत्वमा छठ पर्वको अबसरमा सरसफाई कार्यक्रम आयोजना गरिएको क्लबका सदस्यले जानकारी दिए ।

उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्धका अध्यक्ष बिष्णु भण्डारी, लियो क्लब अफ काठमाडौँ लर्ड बुद्धकी अध्यक्ष सबिना भण्डारी, जिल्लाका प्रमुख सल्लाकार मनी श्री रत्न बज्रचार्य तथा पवित्र टोल सुधार समितिका सचिब डा. हरि केसीको उपस्थिति रहेको क्लबका अध्यक्ष भण्डारीले बताए ।

लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्ध तथा लियो क्लब अफ काठमाडौँ लर्ड बुद्धले पछिल्लो समयमा विभिन्न विकट क्षेत्रहरुमा रक्तदान तथा मुटु रोगहरु सम्बन्धि निसुल्क स्वास्थ्य शिविरहरु गर्दै आएको छ ।23


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !