१३ बैशाख २०८१, बिहिबार

प्रदेशमा पनि नेपालीहरु सांगीतिक क्षेत्रमा सक्रिय हुँदै


Capture

२६ कात्तिक, काठमाडौं । सोनी शेर्पाको चरी बरी बोलको गीतको भिडियो बजारमा आउने भएको छ ।

आफ्नो देश भन्दा बाहिर भएपनि सांगीतिक क्षेत्रलाई माया गर्दै आएकी शेर्पा सांगीतिक क्षेत्रमा निकै नै सक्रिय छिन् ।

शेर्पाको उक्त गीतमा नेपालकै चर्चित गायिका मेलिना राई र बहुप्रतिभाशालि गायक तथा मोडेल मनिश श्रेष्ठको आवाज रहेको छ भने पहल शाह, शेर्पा र श्रेष्ठको आफ्नै अभिनय रहेको छ ।

मनिशले एउटा खुट्टा काधमा राखेर एउटा हातले नेपाली झन्डा फर्फराउदै पांच किलोमिटर मोटरसाइकल चलाई गिनिज बुकमा नाम लेख्न सफल भएका छन् ।

उनी विभिन्न कार्यक्रमहरुमा सम्मानित हुँदै आएका छन् । उनले पाँच सय भन्दा वढी गीतहरुमा अभिनय गरिसकेका छन् भने पाँच दर्जन भन्दा वढी गीत गाईसकेका छन् ।

त्यस्तैगरी उर्मिला प्रधानको पनि श्रेष्ठको स्वर तथा संगीतमा बैसाके महिना बोल्को गित बजारमा आउने भएको छ ।

पराई भूमिमा बसेर भएपनि सांगीतिक क्षेत्रलाई माया गर्दै आएकी प्रधान सांगीतिक क्षेत्रमा निकै नै सक्रिय छिन् ।

प्रधानको शब्दमा रहेको उक्त गीत एउटा प्रेमीले पाएको चोट र पीडालाई समाबेश गरेर लेखेकी छन् ।

सङ्ग्मु शेर्पाको पहेलै भयो आईसेलु बोलको गीत बजारमा आउने भएको छ उक्त गीतमा शेर्पा र श्रेष्ठको रहेको छ ।

आफ्नो देश भन्दा बाहिर भएपनि सांगीतिक क्षेत्रलाई माया गर्दै आएकी शेर्पा सांगीतिक क्षेत्रमा निकै नै सक्रिय छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !