८ बैशाख २०८१, शनिबार

माछापोखरीमा विष हाल्दा १० लाखको क्षति


Nepalpatra

२२ कात्तिक, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–१ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हालेर लाखौँको क्षति पु¥याएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार स्थानीय रत्नबहादुर बर्तौलाको माछापोखरीमा बुधबार बिहान अकस्मात् माछा मरेका हुन् । करीब रु १० लाखबराबरको क्षति भएको पीडित बर्तौलाले बताउनुभएको छ । उहांँको छ कट्ठा क्षेत्रफल जमीनमध्ये चार कट्ठामा माछापोखरी छ । पोखरीमा रु ८० हजारको माछाका भुरा राखिएको र बिक्री गर्ने बेलामा विषादी हालिएको बर्तौलाले गुनासो गर्नुभयो ।

बर्तौलाले बिहान ५ बजेतिर माछा एकाएक मर्न थालेपछि पोखरीमा हेर्दा विषको बट्टा फेला पारेको बताउनुभयो । अघिल्लो वर्ष पनि अज्ञात समूहले नै उहांँको माछापोखरीमा विष हालिदिएको थियो ।

साना किसान कृषि सहकारी, समाज कल्याण बचत तथा ऋण सहकारीलगायतबाट रु नौ लाख ऋण लिएर माछापालन गरेको उहांँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय खैरहनीका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक रुद्र शर्माले विषका कारण माछा मरेको प्रारम्भिक अनुसन्धानमा देखिएको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !