१२ बैशाख २०८१, बुधबार

डा. गोविन्द केसीसँग गरिएको सम्झौता खारेजीको माग गदै निजी मेडिकल कलेजद्वारा राजधानीमा बृहत् प्रदर्शन


medical-nepal

काठमाडौँ, १२ साउन – निजी मेडिकल कजेल सञ्चालकले डा. गोविन्द केसीसँग गरिएको सम्झौता खारेजीको माग गदै काठमाडौँमा प्रदर्शन गरेका छन् । देशभरका मेडिकल कलेज सञ्चालकले सरकारले डा. केसीसँग गरिएका सम्झौताले निजी मेडिकल कलेज धरासायी हुने भन्दै खारेजीको माग गर्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

स्वदेशका मेडिकल कलेजमा कार्यरता कर्मचारीको रोजीरोटी नखोस्न, निर्धारित मापदण्ड पूरा गरेका मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीको भर्ना कोटा नघटाउन, मेडिकल शिक्षालाई गुणस्तरीय बनाउने नाममा स्वदेशी पँुजी र सिर्जनशील जनशक्तिलाई उपेक्षा नगर्न सरकारसँग माग राख्दै प्रदर्शन गरेका छन् ।

नेपाल मेडिकल कलेज जोरपाटीका सञ्चालक डा. भोला रिजालले निजी मेडिकलमाथि हस्तक्षेप हुन थालेकाले प्रदर्शन गरिएको बताउनुभयो । उहाँले ३०० विद्यार्थीलाई आफूहरुले छात्रवृत्तिमा एमबिबिएस पढाइरहेको भन्दै निजी कलेज धरायसी भए स्वदेशी पुँजी पलायन हुने बताउनुभयो ।

प्रदर्शनमा नेपाल मेडिकल कलेज, किष्ट मेडिकल कजेज, नेपालगन्ज मेडिकल कलेज, नेसनल मेडिकल कजेललगायत नेपालभरका मेडिकल कलेजका सञ्चालक, कर्मचारी तथा विद्यार्थीको सहभागिता छ ।
medical-college

medical-college-pradarshan


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !