६ बैशाख २०८१, बिहिबार

विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त


निधन

४ असोज, काठमाडौँ । नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर विष्टको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गरी अछाम काङ्ग्रेसका पूर्वसभापति एवं प्रतिनिधिसभा सांसद रामबहादुर विष्टका दाजुसमेत रहेका विष्टको निधनप्रति दुःख व्यक्त गरेको हो ।

विष्टको आत्मको चीर शान्तिको कामना गर्दै काङ्ग्रेसले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

विगत केही समयबाट क्यान्सर रोगबाट पीडित विष्टको भक्तपुर क्यान्सर अस्पतालमा आज दिउँसो निधन भएको हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा विष्टले सक्रिय भूमिका निर्वाह गर्नुभएका थियो । स्व विष्टका श्रीमती, चार छोरा र तीन छोरी हुनुहुन्छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !