१३ आश्विन २०८१, आइतबार

गाँजाखेती नष्ट गर्ने अभियान सञ्चालन


Nepalpatra

३ असोज, मेलम्ची । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले गाँजाखेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

अभियान अन्तर्गत पछिल्लो एक सातामा जिल्लाका ठूलो पाखर, जेठल, इर्खु र भोटेचौरमा करिब दुई हजार ५०० गाँजाको बोट नष्ट गरिएको छ । तीमध्ये ठूलो पाखरमा एक हजार ५००, भोटेचौरमा ७००, इर्खुमा १५० र जेठलको मुडेमा १०० वटा गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“समाजमा आपराधिक घटना बढिरहनुमा लागुऔषध गाँजा एउटा प्रमुख कारण हो”, सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले भन्नुभयो, “अब गाउँबस्तीमा पुगेर प्रहरीले गाँजा नष्ट गर्नेछ ।” अपराधमुक्त सिन्धुपाल्चोक निर्माणका लागि प्रहरीले गाँजा नियन्त्रणमा विशेष चासो देखाएको उहाँले बताउनुभयो ।

“स्कुल–स्कुलमा प्रहरी’ अभियान सँगसँगै गाँजा नियन्त्रण गरिने पनि उहाँले जानकारी दिनुभयो । चोरी, डकैती, यौन हिंसाका घटना र सवारी दुर्घटनाका घटना लागुऔषधकै कारण बढिरहेको अनुमान प्रहरीको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !