७ बैशाख २०८१, शुक्रबार

बाग्लुङमा जिप दुर्घटना, एक को मृत्यु १५ घाइते


काठमाडौँ : बाग्लुङ्को चलेनीखोलामा सोमबार राति सवा १० बजे सिंगानातर्फ जाँदै गरेको ध १ ज ६८ नम्बरको जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।

जिपमा सवार बाग्लुङ्ग सिंगाना-८ की २५ वर्षीया सुनिता नेपालीको उपचारको क्रममा अंञ्चल अस्पताल धौलागिरीमा मृत्यु भएको हो।

घटनामा चालकसहित १५ जना घाइते भएका छन्। घाइते मध्ये ६ जनालाई मणिपाल अस्पताल पोखरा पठाइएकोमा २ जनाको अवस्था गम्भीर रहेको छ। अन्यको अंचल अस्पतालमै उपचार भैरहेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !