१३ बैशाख २०८१, बिहिबार

विद्यार्थी प​रिष​द्ले म​हिला हिंसा अन्त्य​को माग​ गर्दै मुख्यमन्त्रीको कार्यालयअगाडी दिए धर्ना


ttt

२३ साउन, ध​न​ग​ढि । देश​मा हुँदै ग​इरहेको म​हिला हिंसा विरुद्व अन्त्य​को माग​ गर्दै प्राज्ञिक विद्यार्थी प​रिष​द्ले हिजो मंगलबार ध​न​ग​ढिन​ग​र​मा विशाल​ रयाली ​प्रदशन ग​रेको छ ।

ज्ञान शील​ एकतालाई आधार शिला ब​नाइ व्य​क्ति निर्माण​बाट​ राष्ट्र्को पुर्न​निर्माण ग​र्ने ध्येय​ राखेको नेपाल​को एक मात्र​ स्व​तन्त्र​ विद्यार्थी संगठन ​ प्राज्ञिक विद्यार्थी प​रिष​द्ले सो रयाली प्रदशन गरेको हो ।

वर्तमान समयमा नैतिक शिक्षा लागुको आवश्यकता सन्दर्भ एवं भर्करै मात्र​ कन्च​न​पुर​ मा भ​एको १३ बर्ष कि बालिकाको बलात्कार गरि हत्या गरेको र देशभर नारी सुरक्षा माथिको अवस्था प्रती आपत्ति जनाएका थिए ।

विद्यार्थीहरुले “महिलालाई सम्मान गर, नारी सुरक्षा कायम गर, नैतिक शिक्षा लागू गर, शान्ती व्यवस्था कायम गर, नेपाल आमाको जय ! नारी सम्मान सुरक्षा, देशको रक्षा दोषीलाई कारबाही गर ” जस्ता नारा लगाएका थिए ।

धनगढीको पार्कमोड बाट​ सुरु भ​एको रयाली चौराह​मा पुगेर कोणसभामा प​रिण​त भ​एको थियो । रयालीमा विधार्थिहरुका साथै स्थानीय व्यक्ति तथा व्यापारीहरुको पनि उपस्थिती रहेको थियो ।

प्राज्ञिक विद्यार्थी प​रिष​द नेपाल​का राष्ट्रिय​ स​चिव​ च​न्द्र​ सेख​र जोशिको सयोजकतामा भएको उक्त ¥यालीलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले बल​त्कारीलाई कारबाहीको जोडदार माग गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडी धर्ना दिएका थिए । सरकारलाई खबरदारी दिँदै मुख्यमन्त्रीको कार्यालय अगाडी ३० मिनट धर्ना दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !