११ बैशाख २०८१, मंगलबार

नारायणगढ मुग्लिन सडकखण्ड पुनः अवरुद्ध


muglin narayanghat road

१७ असार, २०७३:- चितवनको नारायणगढ मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

चण्डिभञ्जयाङ् ९ ,जलविरे ५ किलो भन्ने स्थानमा माथि डाडाँ बाट ठूलो ढुङगा झरे पछि अवरुद्ध भएको हो ।

माथि डाडाँ बाट ठूलो ढुङगा झरे पछि बिहान ५.५० बजेबाट सडक अवरुद्ध भएको हो । अहिले सो ढुङगा पन्छाउने काम भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडक अवरुद्ध हुँदा चितवनबाट काठमाण्डौ, पोखरा जाने र आउने सवारी बिच बाटामै रोकिएका छन् । दिनँहु जसो सडकखण्ड अवरुद्ध हुँदा सो बाटो भएर आवतजावत गर्ने यात्रुहरु समस्यामा पर्ने गरेका छन् ।

यस खण्डमा असारदेखि भदौसम्म खतरा छ । पानी पर्ने क्रम रोकिएको छैन । नारायणगढदेखि मुग्लिनसम्म ३६ किमि दूरी छ । दैनिक करिब ८ हजारभन्दा बढी सवारी साधन गुड्छन् । १ घण्टा १० मिनेट समय लाग्ने सडक छिचोल्न पहिरो खसेको दिन घण्टौं लाग्छ । ‘पानी परिरहेको समयमा पहिरो पन्छाउन बढी समस्या हुन्छ।

‘एउटा पहिरो पन्छाइनसक्दै अर्कोतिर खसेर सडक अवरुद्ध हुन्छ, त्यही भएर यात्रुलाई गन्तव्यसम्म पठाउन धेरै समय लाग्छ ।’ पहिरो पन्छाउन आयोजनाका कर्मचारी, प्रहरी र सडक निर्माणको ठेकदारका श्रमिक खटिने गरेका छन् ।

‘पहिरो खस्ने सम्भावित ठाउँमा आवश्यक पर्ने मेसिन सहितको टोली तयारी अवस्थामा राख्ने गरेका छौं,’ उनले भने, ‘खस्नासाथ पन्छाउन टोली पुग्ने गर्छ ।’ ट्राफिक व्यवस्थापन गर्न सडक खण्डको सिमलतालमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।

प्रहरी सहायक निरीक्षकको कमान्डमा २ जना ट्राफिकसहित ११ प्रहरी खटाइएको छ । ‘यो पहिरो प्रभावित क्षेत्र हो,’ जिल्ला प्रहरीका एसपी वसन्त कुँवरले भने, ‘सडक आगमनलाई सहज बनाउन प्रहरी पोस्ट स्थापना गरेका हौं ।’ उनका अनुसार पहिरो प्रभावित क्षेत्र गाईघाटदेखि ४ किलोलाई मध्यनजर गर्दै सिमलतालमा प्रहरी बिट स्थापना गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !