११ माघ २०८२, आइतबार

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ


राजेन्द्र शाक्य

काठमाडौं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले शाक्यलाई बुधबार पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका-३ पुल्चोक बस्ने ६० वर्षीय शाक्यलाई बुधबार भनिमण्डलबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए ।
सीआईबीले शाक्यलाई ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरको अनुसन्धानका लागि पक्राउ गरेको हो।

प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित उनले समेत राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरीत कार्य गरी प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । शेरचनसहित ५ जना यसअघि नै उक्त कसुरमा पक्राउ परेका छन्।

प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको आरोप उनीहरुमाथि छ। शेरचनलाई प्रहरीले थुनामा राखेर अनुसन्धान थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !