
काठमाडौं । पत्रकार दिलभूषण पाठकविरूद्ध साइबर क्राइमको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत काठमाडौंमा उनीविरूद्ध मुद्दा दर्ता गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध दफा ४७ को(१) बमोजिम सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो । पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ (१) अनुसार सजाय दाबी गरिएको छ । उक्त दफा अनुसार, एक लाख रुपैयासम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
नेपाल प्रहरीले साइबर ब्युरोले गत असार १३ जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेतपनि उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।