
बुटवल । बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बुटवलस्थित होराइजन चोकमा एक महिला र उनका दुई छोरीको विभत्स हत्या गरिएको हो ।
बुटवलमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेका हुन् । करिब ३४ वर्षकी दीपा बस्याल र उनका सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको दुई छोरीको हत्या भएको हो ।
केही वर्षअघि सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको प्रहरीले बताएको छ ।
सम्बन्ध विच्छेदपछि दीपाले अर्का युवासँग विहे गरेकी थिइन् । विहेपछि दुई छोरीको जन्म भएको थियो । मृतक दीपाका पूर्व पति सुजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त सुजन आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए । प्रहरीका अनुसार घटनाको अनुसन्धान जारी रहेको छ ।