३ जेष्ठ २०८२, शुक्रबार

थुनामा रहेका ४ भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको आदेश


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका ४ जना भुटानी शरणार्थीलाई देश निकाला नगर्न आदेश दिएको छ । सर्वोच्चले भुटानबाट नेपाल पठाइएका ४ जना शरणार्थीलाई देश निकाला नगर्न सरकारका नाममा आदेश दिएको हो ।

न्यायाधीश हरि फुयालको इजलासले झापामा पक्राउ परेका ४ जना शरणार्थीलाई नेपालबाट निकाला नगर्न आदेश दिएको हो । अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेर हाल झापामा थुनामा रहेका चार भुटानीलाई तत्काल देश निकाला नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई वैशाख ११ गते सर्वोच्चको इजलासमा पेस गर्न आदेश गरेको हो । जिल्ला प्रहरी कार्यालय, झापाले दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

थुनामा रहेका भुटानी शरणार्थीलाई थुनामुक्त गर्न माग गर्दै नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरणकाे रिट दिएका थिए । उनीहरूलाई अमेरिकाले गत चैत ११ डिपोर्ट गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !