
काठमाडौँ । प्रेम विवाहको विषयको विवादमा झडप हुँदा प्रहरीको गाडी जलाइएको छ । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहवीच झडप हुँदा २० जना घाइते भएका छन् भने प्रहरीको गाडी समेत जलाइएको हो ।
स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीका केही व्यक्तिवीच झडप भएको प्रहरीले जनाएको छ । गाडीले ब्याक गरेर मान्छे हानेको विषयबाट सुरु भएको विवादबाट केटा र केटी पक्षवीच झडप भएको हो ।
केटा पक्षकाले केटी पक्षका घरमा आएर आगजनीको प्रयास गरेपछि झडप भएको स्थानीयले प्रहरीले बताएको छ । झडप नियन्त्रणका लागि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको थियो । ७ राउन्ड अश्रु ग्यासको प्रयोग गरेको छ ।
प्रहरीका अनुसार ५ जना स्थानीय , १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय महेसपुरकाे बा १ झ ७४४८ नम्बरको गाडी बलेको टायर फालेर जलाइदिएका हुन् ।