
काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा मदन राई दोषी ठहर भएका छन् । जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा राईलाई दोषी ठहर गरेको हो ।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले माघ १० गते राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले जानकारी दिए ।
आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राईलाई पक्राउ गरेको थियो ।
राईलाई सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । दोषी ठहर भएका उनको सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ । राईलाई तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्छ ।