
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङले मिडियामा स्टनबाजी मात्र गरेको आरोप लगाएका छन् । आज शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले साम्पाङले रित्तो ग्रागी बोकर पानी माग्न सिहंदरबार आएर मिडिया स्टनबाजी गरेको आरोप लगाएका हुन् ।
उनले धरान जस्तो धेरै गाउँपालिका र नगरपालिकामा खानेपानीको समस्या भएकोले रित्तो गाग्री बोकेर वा एउटा गाग्रीमा पानी भरेर समस्या समाधान नहुने बताए । उनले सरकारले स्टाबाजी गर्ने भन्दापनि काम गरेर देखाउने भन्दै एक वर्षभित्र धरानमा खानेपानीको समस्या समाधान गरेर देखाउने बताए ।
उनले धरानमा पानीको व्यवस्था गर्नको लागि करिब ६ अर्बको बजेट छुट्याइएको बताए । ठूलो बजेट भएकाले एडीबीको ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्न लागेको उनले जानकारी दिए ।
मन्त्री यादवले पहिला पनि निर्वतमान मेयरले बहादुरी देखाउन खोज्दा जनताले पाइराखेको खानेपानी पनि गुमाउन पुगेको स्मरण गरे।