६ फाल्गुन २०८१, मंगलबार

काबेली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा सूचीकृत गर्न माग


काबेली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा सूचीकृत गर्न माग

काठमाडौ । ताप्लेजुङको काबेली करिडोरलाई अन्तर्राष्ट्रिय राजमार्गको रुपमा कायम गरी राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गराउनका माग गरिएको छ । सिरिजंघा सरोकार समाज नेपालले नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई सो माग पत्र हस्तान्तरण गदै सो माग राखेको हो ।

सिरिजंघा सरोकार समाजको सातौ बार्षिक साधारण सभामा समाजका अध्यक्ष हरिचन्द्र भट्टराईले कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री भट्टराईलाई कावेली करिडोरले याङरुप क्षेत्रको पर्यटन, पूर्वाधारको विकास, विश्वको तेस्रो अग्लो हिमाल कंचनजंघाको दृश्यावलोकन, हिमाल आरोहण, जैविक विविधताको अध्ययन अनुसंधान, फुट ट्रेल, साहसिक यात्रा, विश्वको एक मात्र लिम्बु संग्रालय, साँस्कृतिक, भाषिक आदान प्रदान, शैक्षिक प्रर्बद्धन हुने उल्लेख गदै काबेली करिडर अन्तर्राष्ट्रिय राजमार्गको निर्माण गर्न गराउन राष्ट्रिय गौरबको आयोजना कायम गराउन आवश्यक पहल गरी दिन आग्रह गरेको हो ।

मागपत्र बुझदै प्रतिनिधिसभा सदस्य भट्टराई आफनो तर्फबाट आवश्यक पहलकदमी गर्ने बचन दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !