![जिग्मे खेसर नाम्गेल वाङचुक](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2024/12/bhutanese-king-baudhanath.jpg?fit=1024%2C683&ssl=1)
काठमाडौँ । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गरेका छन् । आज बिहान नेपाल आइपुगेका भुटानी नरेश वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गरेका थिए ।
भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश वाङचुक आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।