२४ मंसिर २०८१, सोमबार

बढुवाका लागि सिफारिस गरिएका पोखरेल दुई दिनमात्र एआइजी बन्ने


पोषराज पोखरेल

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको आज बसेको बैठकले बढुवाका लागि सिफारिस गरेको हो । बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा दरबन्दी रहेको डिआइजी पोखरेल हाल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख हुन् ।

बढुवाका लागि सिफारिस गरिएका पोखरेल दुई दिनमात्र एआइजी बन्ने भएका छन् । गृह मन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले आज सोमबार असार २१ गतेबाट अवकाशमा जान लागेका डीआईजी पोखरेललाई २ दिने एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !