काठमाडौं । काठमाडौँको नक्सालस्थित बालमन्दिरका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले श्रेष्ठलाई काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरेको हो ।
बालमन्दिरको जग्गा सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा श्रेष्ठ पक्राउ परेका हुन् । उनीमाथि अनुसन्धान जारी रहेको सीआईबी स्रोतले जनाएको छ ।
बाल मन्दिरको जग्गा भाडा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको एक महिनापछि श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको हो । यो प्रकरणमा गत वैशाख २७ गते २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।