१० श्रावण २०८१, बिहिबार

डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता, १० दिन बिदा स्वीकृत


अर्जुन चन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले डीआईजी चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै फिर्ता गरिदिएको हो ।

‘घरायसी’ कारण देखाउँदै उनले गत शुक्रबार राजीनामा दिएका थिए । यद्यपि प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले उनीसँग छलफल गरेर उनलाई सोमबार राजीनामा नदिन सुझावा दिएका थिए ।

विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेपछि बनाइएको छानबिन समितिले प्रहरीलाई दोषी देखाएपछि असन्तुष्ट बनेका चन्दले राजीनामा दिएका थिए । उनलाई १० दिन बिदा दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !