१३ आश्विन २०८१, आइतबार

दरबारमार्गको क्यासिनो प्यालेसबाट १ करोड रकमसहित ९ जना पक्राउ


क्यासिनो प्यालेस

काठमाडौं । प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट लगभग १ करोड रकमसहित ९ जनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाटी गराएको आरोपमा उनीहरूलाई गएराति पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा ६ जना नेपाली र ३ जना भारतीय नागरिक रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !