७ श्रावण २०८१, सोमबार

सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त


सांस्कृतिक संस्थान

काठमाडौँ । सरकारले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धकमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पुनलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिका –६ घर भएका पुनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सिफारिसमा महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरिएको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !