१३ बैशाख २०८१, बिहिबार

घाइतेको उद्धार – पुनःस्थापनाका लागि छुट्टै ऐन बनाउन सुझाव


pradesh n 3

२० जेठ, हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश आन्तरिक कोष सञ्चालनसम्बन्धी विधेयक, २०७५ माथिको सैद्धान्तिक पक्षमा छलफलका लागि प्रस्ताव टेबुल गर्नुभएको छ ।

सो बैठकमा भाग लिँदै प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, मीना ज्ञवाली, न्हुछेलाल श्रेष्ठ, भावना सुवेदी, विराजभक्त, श्रेष्ठ, नरोत्तम वैद्य र राजेन्द्रमान श्रेष्ठले विपद् व्यवस्थापनमा चुस्त एवं तत्काल उद्धारलाई सहज तुल्याउन प्रदेश सरकारले स्थानीय तहका साथै जिल्ला दैवीप्रकोप उद्धार समिति, जिल्ला रेडक्रस र गैरसरकारी संघसंस्थालाई परिचालन गरी घाइतेको उद्धार र पुनःस्थापनाका लागि छुट्टै ऐन कानूनको तर्जुमा गरिनुपर्ने सुझाव दिनुभयो ।

प्रदेशसभाका सदस्यले उठाएका जिज्ञासाको उत्तरमा मन्त्री ढुङ्गेलले प्रदेश सरकारले आगामी आव २०७५÷७६ मा प्रदेश आकस्मिक कोषका लागि रु पाँच करोड छुट्याएको बताउँदै देवीप्रकोप एवं भूकम्पपीडितलाई उद्धार एवं पुनःस्थापनाका लागि गुरुयोजना तयार गरिने जानकारी दिनुभयो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक यही जेठ २१ गते बिहान ११ बजे बस्ने जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !