७ बैशाख २०८१, शुक्रबार

जडिबुटी–कोटेश्वर–तीनकुने सडकको समस्या सुल्झाउन भौतिकमन्त्रीले थाले पहल


प्रकाश ज्वाला

काठमाडौं । ४८ बर्षदेखि समस्याग्रस्त जडिबुटी–कोटेश्वर–तीनकुने सडक निर्माणको समस्या सुल्झाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहल थालेका छन् ।

जडिबुटी, कोटेश्वर तीनकुने सडक खण्डमा दैनिक लाखौ नागरिकले आवज जावत गर्ने गर्दछन् । विहान र साँझको समयमा अध्याधिक जामले नागरिकलाई सास्ती दिँदै आएको छ । यो समस्या सुल्झाउन सरकारले ४८ बर्षअघि पहल थालेको थियो । तर सफल हुन सकेको थिएन । दैनिक लाखौ नागरिकले सास्ती पाउनुको प्रमुख कारण हो ‘मआब्जा समस्या’ ।

२०३२ सालमा सडक विस्तारका लागि मुआब्जा वितरण गर्न गोरखापत्र दैनिकमा सुचना प्रकाशित गरिएको थियो । सरकारले निर्णय गरेको मुआब्जामा जग्गाधनीले चित्त नबुझाएपछि सडक विस्तार हुन सकेको थिएन ।

करिव पाँच दशक लामो समस्या सुझाउन मन्त्री ज्वालाले आइतवारदेखि पहल लिएका छन् । सडक विस्तार र मुआब्जासँग सम्बन्धित सरोकारवालाहरुसँग सिंहदरवारमा छलफल गरेका छन् ।

‘कुनैपनि देशको अबस्था कस्तो भन्ने थाहा पाउन त्यो देशको सडक र यातायातलाई प्रमुख आधार बनाइन्छ, तर अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिदै गर्दा जामको जाँतिले हाम्रो सडक र यातायातको चित्र देखाउँछ’, मन्त्री ज्वालाले भने, ‘यो समस्या समाधान गर्न प्रधानमन्त्रीले पनि उच्च चासो देखाउनुभएको छ, अब रमिते भएर दैनिक लाखौ नागरिकको समस्या हेरिरहन सक्दैनौ ।’

छलफलमा माननीय मन्त्री ज्वाला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव बुद्धबहादुर गुरुङ, भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव नरेन्द्र पौडेल, मन्त्रालयका सहसचिव रघुराम बिष्ट, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, काठमाडौं महानगरपालिका वडा नं ३२ का वडाअध्यक्ष नवराज पराजुली, विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक बिजय जैसी, सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक रामहरी पोखरेल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, संघिय मामिला तथा सामन्य प्रशासन मन्त्रालयका उपसचिव जनकराज शर्मा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र दात्रृनिकाय जाइकाका प्रतिनिधि श्रीराम ढकालको सहभागि थिए ।

जडिबुटी, कोटेश्वर, तीनकुने सडक खण्डको समस्या समाधान गर्न मन्त्री ज्वालाले सम्पर्क ब्यक्ति नै तोकेका छन् । सरोकारवाला निकायसँग समुन्वय गर्न र आवश्यक पहल कदम लिन सडक विभागका उपमहानिर्देशक बिजय जैसीलाई समुन्वय ब्यक्ति तोकेका छन् ।

छलफल कार्यक्रममा सोही क्षेत्रका वडा अध्यक्ष नवराज पराजुलीले ४८ बर्ष लामो समस्या समाधानका लागि आफुले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !