७ बैशाख २०८१, शुक्रबार

विदेशमा रहेका नेपालीलाई आजदेखि स्वास्थ्य परामर्श सेवा सुरु


वैदेशिक रोजगार बोर्ड

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई आजदेखि स्वास्थ्य परामर्श सेवा सुरु गर्दै छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजबाट स्वास्थ्य परामर्श सेवा दिन लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आजदेखि टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरूबाट जानकारी पाउने भएका हुन् ।

बोर्डले आज बिहान १० बजेदेखि पूर्णतया निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्ने भएको हो । बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिने भएको हो ।

सार्वजनिक विदाका दिनबाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने बोर्डले जनाएको छ । यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !