१२ बैशाख २०८१, बुधबार

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप : अवस्था बन्यो तनावग्रस्त


विराटनगरमा झडप

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप भएको छ । विराटनगरमा पहिचान पक्षधरले प्रदर्शन जारी राखेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुको साथै पानीको फोहोरा समेत हानेको छ ।

प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले प्रदेशको नाम कोशी खारेज गर्न माग गर्दै प्रदर्शन जारी राख्नुका साथै प्रहरीलाई लक्षित गर्दै ढुंगामुढा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको हो ।

आन्दोलनकारीको ढुंगा लागेर एक जना प्रहरी घाइते भएका छन् । प्रहरीले आन्दोलनकारीमाथि ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । कोशी प्रदेश खारेजीको माग राख्दै पहिचान पक्षधरले मंगलबार विराटनगरमा प्रदर्शन गरेको हो ।

पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !