११ बैशाख २०८१, मंगलबार

भक्तपुर बार इकाइको निर्वाचनमा उठ्यो ‘नो नट एगेन’ को कुरा


भक्तपुर बार इकाइको निर्वाचन

भक्तपुर । भक्तपुर जिल्ला बार इकाइको निर्वाचनमा पनि ‘नो नट एगेन’ को कुरा उठेको छ । आगामी फागुन २० गते भक्तपुर जिल्ला बार इकाइको निर्वाचन हुन लागेको छ ।

यसअघि नेपालको आम निर्वाचन २०७९ मा पुराना नेताहरूलाई निर्वाचित हुनबाट रोक्ने उद्देश्यले सामाजिक सञ्जालमा ‘नो नट अगेन’ अभियान चलेर सामाजिक संजाल ट्विटरमा ट्रेन्डिङमा परेको थियो ।

निर्वाचन आयोगले निर्वाचन मिति घोषणा गर्नुभन्दा पहिला नै सुरु भएको यो अभियानमा कम्तीमा एकपटक प्रधानमन्त्री वा मन्त्री भएका नेताहरू यस अभियानका निशानामा परेका थिए ।

यस्तै भक्तपुर जिल्ला बार इकाइको निर्वाचनमा पनि चुनावको केही हप्ताअघिदेखि सामाजिक संजालमा यो अभियान सक्रिय देखिएको छ । भक्तपुर बारको निर्वाचनमा पुराना पदाधिकारीहरूलाई निर्वाचित हुनबाट रोक्ने उद्देश्यले यो अभियान चलाइएको अधिवक्ता समेत रहेका सदस्यका उम्मेदवार हरिचन्द्र भट्टराईले नेपालपत्रलाई बताए ।

भक्तपुर जिल्ला बार इकाइको निर्वाचनमा बृहत् लोकतान्त्रिक, गणतान्त्रिक, प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समुहले यो अभियान चलाएको हो । उक्त समूहबाट भक्तपुर बारको निर्वाचनमा अधिवक्ता राजेश कृष्ण सिपाई नेतृत्वको चुनावमा होमिएको छ ।

 नो नट एगेन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !