१३ बैशाख २०८१, बिहिबार

इलाममा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का


भूकम्प

इलाम । इलाम जिल्लामा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का गएको छ । इलामको सन्दकपुर गाउपालिकास्थित माइमझुवालाई केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आज बिहान १० बजेर ३ मिनेटमा गएको भूकम्पको कम्पन इलामसँगै पाँचथरका केही भू-भाग समेत महसुस भएको थियो । यो परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !