४ बैशाख २०८१, मंगलबार

पोखराको लेकसाइडमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी


भीषण आगलागी

कास्की । पोखरा महानगरपालिका–६ लेकसाइडको हल्लनचोकमा भीषण आगलागी भएको छ । हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा रहेको गोदाममा आगलागी भएको हो ।

आज ४ः३५ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको र अझै नियन्त्रणमा लिन नसकिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । पोखरा विमानस्थल र पोखरा महानगरको वारुणयन्त्र घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगलागी नियन्त्रणका लागि वारुणयन्त्रसहित सुरक्षाकर्मी र स्थानीय लागिपरे पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागी भएको भवनमा हिमालयन जाभा क्याफे, नबिल बैंङ्कको शाखासहित विभिन्न बैँक तथा वित्तिय संस्थाका एटिएम मेसिनसमेत छन् ।

सेलवेजमा आगलागीपछिसँगैका पसलहरूबाट व्यापारीहरूले सामान बाहिर निकालिरहेका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !