६ बैशाख २०८१, बिहिबार

टर्कीको दक्षिण क्षेत्रमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प


भूकम्प

काठमाडौँ । टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । सिरियाको सिमानासँग जोडिएको टर्कीको दक्षिणी क्षेत्रमा रहेको गाजियन्टेपमा शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजीएस) का अनुसार स्थानीय समय अनुसार बिहान ४:१७ बजे ७.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ । भूकम्पको झट्का करिब एक मिनेटसम्म महसुस भएको प्रत्यक्षदर्शीले बताएका छन् । भूकम्पपछि मानिसहरु घरबाट बाहिर निस्केर सडकमा भेला भएका थिए ।

भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र यस क्षेत्रमा पनि महसुस गरिएको थियो । भुकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको र धेरै मानिसहरु फसेको हुनसक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !