८ बैशाख २०८१, शनिबार

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन माग


सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । आज शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।

लामिछानेलाई २० लाख धरौटीमा छाड्ने उच्च अदालत पाटनका आदेशविरुद्धको निवेदनमा न्यायाधीश फुयालको इजलासमा सुनुवाइ भएको थियो । प्रारम्भिक सुनुवाइपछि फुयालको एकल इजलासले उच्च अदालतको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो ।

लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको थियो । उच्च अदालत पाटनको २० लाख धरौटीमा लामिछानेलाई छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएको थियो ।

एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका लामिछानेलाई उच्च अदालतले जिल्ला अदालतको पुर्पक्षमा थुनामा राख्ने आदेश उल्ट्याएको थियो ।

गत पुस २८ गते उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । महान्यायाधिवक्ता कार्यलयले उच्च अदालतको सो आदेश उल्टाई जिल्ला अदालतकै आदेश सदर गर्न माग गर्दै रिट निवेदन दिएको दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !