६ बैशाख २०८१, बिहिबार

निहारिका र शिवराजबीच अदालतमा मिलापत्र : अब श्रीमान्-श्रीमती भएर बस्ने


निहारिका राजपुत र शिवराज श्रेष्ठ

काठमाडौँ । ‘कुमारी आमा’ का रुपमा चिनिएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत र बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठबीच मिलापत्र भएको छ । निहारिका र शिवराजबीच आज जिल्ला अदालत धनुषामा मिलापत्र भएको हो ।

अदालतमा भएको मिलापत्रअनुसार अबदेखि उनीहरु एक-अर्कामा श्रीमान्-श्रीमतीका रुपमा संगै बस्न राजी भएका हुन् । जिल्ला न्यायाधीश ब्रिजेस प्याकुरेलको इजलासले निहारिका र शिवराज सहमति गरेर अदालत पुगेपछि मिलापत्रको आदेश दिएका हुन् ।

दुवैले मिलापत्रमा ३ वर्ष पहिलेदेखिको प्रेमलाई विवाहमा परिणत गरेको उल्लेख गरेका छन् । निहारिकाले शिवराजबाट आफू बलात्कृत भएको भन्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् । तर उक्त मुद्दामा अदालतले शिवराजलाई सफाइ दिएको थियो ।

अहिले उनीहरुका एक छोरा पनि छन् । २०७७ भदौ ५ गते छोरा बिहान श्रेष्ठको जन्म भएको थियो । यसअघि यी सन्तान शिवराजकै भएको भन्दै निहारिकाले डीएनए परीक्षण गर्न माग गरेकोमा डीएनए परीक्षण गर्दा निहारिकाका छोराको डीएनए शिवराजसँग मिलेको थियो ।

अनशन बसेकोकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दा फास्ट्र्याकमा अघि बढेको थियो । प्रहरीले आरोपित शिवराजलाई यसअघि नै पक्राउ गरेको थियो । निहारिकाको मुद्दा हाल उच्च अदालत जनकपुरमा विचाराधीन छ ।

यो पनि पढ्नुहोस्

निहारिका राजपुतको बच्चा र आरोपी शिवराजको डीएनए मिल्यो

निहारिका प्रकरण : डिएनए परीक्षण गर्न आरोपित श्रेष्ठ उच्च अदालतमा हाजिर

उच्च अदालतको आदेश : निहारिकाको मुद्दामा डीएनए जाँच गर्नु

निहारिका र सरकारबीच तीन बुँदे सहमति : राजपुतले तोडिन अनशन

निहारिका राजपुत प्रकरण : अन्तत: आरोपी शिवराज श्रेष्ठ पक्राउ

राष्ट्रपति कार्यालयअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

डिएनए टेस्ट गर्नको लागि एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो, यो अत्याचार हो : मेयर बालेन साह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !