८ बैशाख २०८१, शनिबार

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयको अति आवश्यक सूचना


अति आवश्यक सूचना

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत पहिलो चरणमा संचालित काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत निर्माण गरिएका DNI र BDS पाइपलाइनहरुमा मेलम्चीको पानी पथान्तरण पश्चात पाइपलाइनको Commissioning & Testing को कार्य भइरहेको व्यहोरा सर्वसाधारणको जानकारीको लागि अनुरोध छ ।

Testing को समयमा पाइपलाइनमा भएको क्षति तथा अन्य कारणहरूबाट पानी लिकेज भई सडकमा पानी बग्ने हुन सक्छ । कुनै पनि स्थानमा सडकमा देखिएको लिकेज सम्बन्धी सूचना आयोजना कार्यान्वयन निर्देशनालयमा यथासिघ्र पठाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ ।

सूचना पठाउने ठेगाना :

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड
आयोजना कार्यान्वयन निर्देशनालय
अनामनगर, काठमाडौँ ।

टोल फ्री नं. : ११३९,
फोन नं. : ०१ ५७०५७७१/५७०५९१६
फ्याक्स नं. : ०१५७०५०५७
ईमेल : [email protected]

पुनश्च : यो सूचना यस आयोजना कार्यान्वयन निर्देशनालयको वेभसाईट  https://kuklpid.org.np तथा यस निर्देशनालयको सूचना पार्टीमा समेत हेर्न सकिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !