७ बैशाख २०८१, शुक्रबार

बजेटको आकारभन्दा खर्च गर्न सक्ने क्षमता बढाउनुपर्छ : डा. अधिकारी


chandramani adhikari

३ जेठ, काठमाण्डौ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले अब ल्याउने नीति तथा कार्यक्रमहरुमा संविधान बमोजिमका प्राथमिकताहरु तय गर्नुपर्ने सुझाए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै, मुलुक संघीयता कार्यान्वयन गर्ने चरणमा रहेकोले यो वर्षको बजेटको चाप बढ्नेपनि उनले जनाए ।

उनका अनुसार आगामी आर्थिक वर्षको बजेटको आकार १६ खर्ब समेत पुग्न सक्छ । यद्धपी उनले बजेटको आकारभन्दा खर्च गर्न सक्ने क्षमता बढाउन सरकारलाई सुझाव दिए ।

सरकारले १ खर्ब लगानी गर्दा निजी क्षेत्रले कम्तिमा पनि ३ खर्ब लगानी गर्ने भएकोले यतातर्फ पनि वर्तमान सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।

नेपालको राजश्व नीति अहिले बरालिएको गुनासो पोख्दै अधिकारीले यस वर्षको बजेटमा कृषि, पर्यटन तथा पूर्वाधार विकास लगायतका कार्यक्रममा बढि फोकस गर्नेगरि जोड दिनुपर्ने सुझाव सरकारसामू राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !