१३ बैशाख २०८१, बिहिबार

आगामी वर्षको बजेटको आकार १८ खर्ब पुग्नसक्छ : क्षेत्री


dipendra

३ जेठ, काठमाण्डौ । पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले सरकारले नयाँ बजेट कम्तिमा पनि १८ खर्बको बजेट आउन सक्ने बताए । बजेट कार्यान्वयनको पक्षमा सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै, क्षेत्रीले वर्तमान सरकारले कर्मचारीको तलब वृद्धि गर्न सक्नेपनि संकेत गरे । उनले भने,‘प्रधानमन्त्रीले एउटा कार्यक्रममा जयालादारी कामदारको तलव वृद्धि गर्छु भन्नुभएको छ, विकास निर्माणको कामलाई कार्यान्वयन गर्न कर्मचारीलाई विश्वासमा लिनुपर्छ, त्यसो हुँदा तलव वृद्धिपनि हुन सक्छ ।’

उनले घर जग्गा दलालीहरुलाई करको दायरामा ल्याउनुपर्ने सुझाव दिए । त्यस्तै हालै सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार तोडेकोले व्यवसायीहरुपनि करको दायरामा आउने भएकोले राजश्व वृद्धि हुने उनको विश्वास छ ।

महँगी वृद्धि कम गर्नको लागि सरकारले अब उत्पादनमा वृद्धि गर्नुपर्नेपनि उनले सुझाव दिए । उनले बजेटको ५० प्रतिशत स्थानीय तह तथा प्रदेश तहमा जाने बताए । त्यस्तै उनले पूर्ननिर्माण प्राधिकरणको लागि आउने वर्षको लागि डेढ खर्बको बजेट छुट्याउनुपर्ने सुझाव दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !