१३ बैशाख २०८१, बिहिबार

माया लुहारको हत्या आरोपी सशस्त्र प्रहरी जवान कोली पक्राउ


माया लुहार र भरतराम कोली

बैतडी । माया लुहारको हत्या आरोपी सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका-४ की २१ वर्षीया मायाको हत्या आरोपमा शिवनाथ-४ का २२ वर्षीय सशस्त्र प्रहरी जवान कोली पक्राउ गरेका हुन् ।

मायाको हत्या आरोपी कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनलाई प्रहरीको विशेष सुरक्षा टोलीले महेन्द्रनगरबाट पक्राउ गरेको हो ।

यहि मंसिर १३ गते मंगलबार घरबाट माया र नेहा लुगा सिउन भनेर घर नजिकैको कुलाउ बजार गएका थिए । भरतले माया र नेहालाई बोलाएर हत्या गरेको पीडित परिवारको आरोप छ । भरत र मायाबीच पहिलेदेखि प्रेम सम्बन्ध रहेको पीडित परिवारको भनाइ छ ।

घाइते नेहाले पनि कोली नै घटनामा संलग्न रहेको बताएकी थिइन् । कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !