७ बैशाख २०८१, शुक्रबार

थापाथलीको सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाउन खोजेपछि तनावग्रस्त


थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त

काठमाडौं । काठमाडौँ महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोजेपछि तनावग्रस्त भएको छ । काठमाडौं महानगरले थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउन खोजेपछि स्थानीयले अवरोध गरेका हुन् ।

थापाथलीको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । महानगरपालिकाले आज सोमबार बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् ।

उनीहरूले टायर बालेर प्रदर्शनसहित ढुंगामुढा गर्नुका साथै मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका छन् । आज दिउँसो पौने २ बजे महानगरले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !