पर्वतमा जीप दुर्घटना : १ जनाको मृत्यु, ११ जना घाइते Nepalpatra पर्वतमा जीप दुर्घटना : १ जनाको मृत्यु, ११ जना घाइते
१२ मंसिर २०७९, सोमबार

पर्वतमा जीप दुर्घटना : १ जनाको मृत्यु, ११ जना घाइते


पर्वतमा जीप दुर्घटना

पर्वत । पर्वत जिल्लामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पर्वतको जलजला गाउँपालिका–३ माइनडाँडामा आज बुधबार साँझ ग १ ज ५२९६ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा जीपका चालक ३७ वर्षीय डम्मरबहादुर नेपालीको मृत्यु भएको पर्वत जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । दुर्घटना भएको जीप वारीबेनीदेखि मल्लाज जाँदै गरेको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका ३ जनालाई पोखरा रिफर गरिएको छ भने ८ जनाको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ । जीपमा सवार सबैजना जलजला गाउँपालिका-२ का बासिन्दा हुन् ।

जीप उकालो सडकबाट करिब १५० मिटर तल पाखोमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !