६ बैशाख २०८१, बिहिबार

विप्लव नेकपाले लियो भोजपुर विस्फोटको जिम्मा, एक युवक घाइते


भोजपुर विस्फोट

भोजपुर । भोजपुर जिल्लामा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने भनिएको कार्यक्रमस्थल नजिकै भएको विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ ।

विप्लव नेकपाले घटनाको जिम्मेवारी लिंदै चुनाव बहिष्कार गर्ने पार्टीको निर्णयअनुसार बम विस्फोट गराइएको बताएको छ । आज बुधबार भोजपुरको पौवादुङमा गाउँपालिकाको प्याउली तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी हुने चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको थियो ।

भोजपुरमा गठबन्धनको चुनानीसभा नजिकै बम विस्फोट हुँदा भोजपुरको अरूण गाउपालिका-४ का सुमन श्रेष्ठ घाईते भएको प्रहरीले बताएको छ । उनको खुट्टामा चोट लागेको छ । श्रेष्ठ विप्लवकै कार्यकर्ता भएको पनि बुझिएको छ ।

प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुगेका हुन् । उक्त स्थानमा सत्ता गठबन्धनको चुनावी सभा गर्न लगिएको थियो । चुनावी सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि विस्फोट जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बम कसले विस्फोटन गराएको भन्ने थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरीले बताएको छ । बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

यो पनि पढ्नुहोस्

दोलखाको सदरमुकाम चरिकोटमा पनि विष्फोट

भोजपुरमा प्रचण्डले सम्बोधन गर्ने कार्यक्रमस्थल नजिकै विस्फोट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !