भक्तपुर सल्लाघारीमा दुर्घटना : १ जनाको मृत्यु, १ जना घाइते Nepalpatra भक्तपुर सल्लाघारीमा दुर्घटना : १ जनाको मृत्यु, १ जना घाइते
१८ मंसिर २०७९, आइतबार

भक्तपुर सल्लाघारीमा दुर्घटना : १ जनाको मृत्यु, १ जना घाइते


दुर्घटना

भक्तपुर । भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

मोटरसाइकलमा सवार झापा घर भई हाल मध्यपुरथिमि –३ बस्ने २३ वर्षीय अनिल साहको इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । प्रहरीले दुर्घटना भएका दुवै सवारीसाधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !