तनहुँको मादी नदीमा नुहाउने क्रममा बगेर वृद्धको मृत्यु Nepalpatra तनहुँको मादी नदीमा नुहाउने क्रममा बगेर वृद्धको मृत्यु
१३ मंसिर २०७९, मंगलबार

तनहुँको मादी नदीमा नुहाउने क्रममा बगेर वृद्धको मृत्यु


नहरमा डुबेर

दमौली । तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित मादी नदीमा नुहाउने क्रममा बगेर आज एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० का ६० वर्षीय झिलकबहादुर पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

दिउँसो साढे १२ बजे पौडेल मादीमा नुहाउने क्रममा बगेका थिए । स्थानीयवासीले उनको उद्धार गरी उपचारका लागि दमौली अस्पताल लगेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !