१६ माघ २०७९, सोमबार

रुपन्देहीको देवदहमा घरभित्र श्रीमान्-श्रीमती मृत भेटिए


मृत

बुटवल । रुपन्देही जिल्लाको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । रुपन्देहीको देवदह नगरपालिका–५ पाल्पाली टोलमा आज सोमबार बिहान श्रीमान् श्रीमतीको मृत अवस्थामा फेला परेका हुन् ।

रुपन्देहीको देवदहका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घरभित्र चुकुल लागेको अवस्थामा उनीहरूको शव भेटिएको प्रहरीले बताएको छ ।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको प्रहरीले बताएको छ । श्रीमान् वैदेशिक रोजगारीबाट छुट्टीमा घर आएका थिए । उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले बताए । इलाका प्रहरी कार्यालय बुटवलको टोली आएपछि थप प्रक्रिया अगाडि बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !