१२ बैशाख २०८१, बुधबार

एसिया-प्रशान्त क्षेत्रका समाचार समितिको महासभामा रासस अध्यक्ष झा सहभागी


धर्मेन्द्र झा

तेहरान, इरान । इरानको राजधानी तेहरानमा शुरु भएको एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन(ओएएनए)को १८औँ महासभामा नेपालका तर्फबाट राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सहभागिता जनाएका छन् ।

यही अक्टोबर २३ देखि २६ सम्म चल्ने महासभामा एसिया–प्रशान्त क्षेत्रका ३५ सदस्य मुलुकका समाचार समितिका निर्देशक, व्यवस्थापक एवं सम्पादक गरी ६० जनाको सहभागिता छ । सो अवसरमा अध्यक्ष झाले दक्षिण कोरिया, इरान, ओमान, अजरवैजान, बुल्गेरिया, जापान, मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया र फिलिपिन्सलगायत देशका समाचार समितिका प्रतिनिधिसँग सहकार्यका विविध विषयमा छलफल गरे ।

छलफलका क्रममा उनले एसिया–प्रशान्त क्षेत्रका समाचार समितिबीच सूचना आदानप्रदानलाई थप सक्रिय र सहज तुल्याउनुपर्ने धारणा राखेका थिए । महासभाका क्रममा भएको साइड लाइन वार्तामा उनले ओएएनए सदस्य मुलुकका समाचार समितिसँग सहकार्य गर्ने विषयमा छलफल गरे ।

महासभामा ‘सञ्चार माध्यममा महामारीले ल्याएको परिवर्तन’ र ‘महामारीपछि सञ्चार माध्यममा सहकार्यको प्रवद्र्धन’ विषयमा छलफल भएको थियो । महासभाको उद्घाटन कार्यक्रममा इरानको संस्कृति मन्त्री महम्मद मेहदी स्माइलीले एसिया–प्रशान्त क्षेत्रको पत्रकारिताको प्रवद्र्धनमा जोड दिँदै समाचार एजेन्सीहरूबीच सहयोग र सहकार्यको आवश्यकता औंल्याएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !