१३ बैशाख २०८१, बिहिबार

दीपावली गर्ने क्रममा काठमाडौंको लोलाङ हाइटमा आगलागी


लोलाङ हाइटमा आगलागी

काठमाडौं । तिहारको दीपावली गर्ने क्रममा काठमाडौंको तारकेश्वरमा आज साँझ आगलागी भएको छ । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका-४ मा सोमबार साँझ पौने ७ बजे आगलागी भएको हो ।

तारकेश्वरको गणेश मन्दिर क्षेत्रस्थित लोलाङ हाइटमा आगलागी भएको प्रहरीले जनाएको छ । तीन वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ । काठमाडौं महानगरका दुई वटा र एउटा बौद्धबाट दमकल सी स्थानमा पुगेका हुन् ।

जुत्ता र फर्निचरको पसल रहेको घरमा आगलागी भएको हो । उद्योगमा कम्प्रेसर मेसिन पड्किँदा आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले बताएको छ ।

लोलाङ हाइटमा आगलागीलोलाङ हाइटमा आगलागी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !