१२ बैशाख २०८१, बुधबार

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस


भूकम्प

काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौं उपत्यकामा आज दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार सिन्धुपाल्चोक नजिक नेपाल-चीन सिमाना आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौँका आसपासका जिल्लाहरु धादिङ, गोरखा, चितवन, काभ्रेपलान्चोकमा समेत महसुस गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !