१२ बैशाख २०८१, बुधबार

बाराको प्रसौनीस्थित प्रस्टोकामा एकै परिवारका ३ जना मृत भेटिए


शव फेला

काठमाडौँ । बारा जिल्लाको प्रसौनी गाउँपालिकामा एकै परिवारका ३ जना मृत भेटिएका छन् । बाराको प्रसौनी गाउँपालिका-५ प्रस्टोकामा ३ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।

स्थानीय दिपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता चौधरी, ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

हराएको २ दिनपछि ढोरा खोलाको छेउमा उनीहरुको शव फेला परेको हो । दिपेन्द्रले नै प्रहरीलाई खबर गरेपछि जिल्लाबाट प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !